आज वीरगञ्ज एफसी र चितवन एफसी भिड्दै « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

आज वीरगञ्ज एफसी र चितवन एफसी भिड्दै


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसी प्रतिस्पर्धा गर्दैछन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुने खेलमा यी दुवै टिम पहिलो जितको खोजीमा हुनेछन्।

वीरगञ्ज यसअघि पहिलो खेलमा धनगढी एफसीसँग पहिलो खेलमा २-१ ले पराजित भएको थियो।

चितवनको यो प्रतियोगितामा तेस्रो खेल हो। चितवनले पहिलो धनगढी एफसीसँग १-० र दोस्रो खेलमा काठमाडौं रेजर्ससँग १-१ को बराबरी खेल्दै अंक बाँडेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस