खाद्यले दशैं-तिहारमा नबिकेको च्याङ्ग्रा मूल्य घटाएर बेच्ने तयारी  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

खाद्यले दशैं-तिहारमा नबिकेको च्याङ्ग्रा मूल्य घटाएर बेच्ने तयारी 


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैंका लागि किनेको च्याङ्ग्रा प्रतिकिलो १२५ रुपैयाँ मूल्य घटाएर बिक्री गर्ने भएको छ ।

लामो समयदेखि बिक्री नभएर बसेका ९० वटा च्याङ्ग्रालाई अब एकै जना व्यापारी र खरिदकर्ताले जति वटा पनि खरिद गर्न सक्ने गरी बिक्री गर्ने र मूल्य पनि घटाइएको कम्पनीले जनाएको छ ।

अब जुनसुकै व्यापारी वा ग्राहकले जति ओटा पनि च्याङ्ग्रा खरिद गर्न सक्ने बताइएको छ । यसअघि प्रतिउपभोक्ता एउटा मात्रै च्याङ्ग्रा किन्नु पर्ने व्यवस्था थियो ।

दशैंमा ल्याएको च्याङ्ग्रा तिहार र छठ सकिँदा पनि बिक्री नभएको कम्पनीले जनाएको छ ।

अहिले खोरमा रहेको च्याङ्ग्राको औसत जिउँदो तौल ३० देखि ३५ किलोको बीचमा छ । यस अघि दशैंमा कम्पनीले १ हजार २५० रुपैयाँ प्रतिकिलोमा च्याङ्ग्रा बिक्री गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस