केपी ओली टी-२० राष्ट्रिय क्रिकेटको फाइनलमा आर्मी र मधेशले खेल्ने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केपी ओली टी-२० राष्ट्रिय क्रिकेटको फाइनलमा आर्मी र मधेशले खेल्ने


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । मधेश प्रदेश पोखरामा चलिरहेको केपी ओली टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।

मधेशले सशस्त्र प्रहरीलाई ११ रनले हराउँदै फाइनलमा आर्मीसँगको भेट पक्का गरेको हो । पहिलो सेमिफाइनलमा बागमतीलाई हराउँदै आर्मी यसअघि नै फाइनलमा पुगेको थियो ।

दोस्रो सेमिफाइनलमा मधेसविरुद्ध १९८ रनको लक्ष्य पछ्याएको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १८६ रन मात्र बनायो ।

एपीएफका लागि प्रदीप ऐरी र सन्दीप जोरा दुवैले अर्धशतक बनाए पनि टिमलाइ जिताउन सकेनन् । प्रदीप ५५ रनमा आउट भए भने सन्दीपले ५४ रन बनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस