२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपन्देहीमा प्रहरी कार्यालयबाहिर डाक्टरहरूको प्रदर्शन

अ+ अ-

काठमाडौँ । बुटवलस्थित सिद्धार्थ बाल तथा महिला अस्पताल (आम्दा) मा चिकित्सकमाथि भएको दुर्व्यवहारको विरोधमा बिहीबार चिकित्सकहरूले इलाका प्रहरी कार्यालय बुटवलमा धर्ना दिएका छन् ।

नेपाल चिकित्सक सङ्घ, नेपाल फार्मेसी सङ्घ, नेपाल स्वास्थ्य प्राविधिक सङ्घ (पान), निजी अस्पताल व्यवसायी सङ्घ (अफिन), आम्दा अस्पताल प्रशासनसहित आधा दर्जन सङ्घसंस्थाहरूले चिकित्सक कुटपिटको विरोधमा प्रहरी कार्यालयबाहिर धर्ना दिएका हुन् ।

उनीहरूले आम्दाका मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र बस्यालमाथि हातपात गर्नेमाथि कडा कारबाही हुनुपर्ने माग राखेका छन् । सङ्घका सचिव डा. सन्तोष पोखरेलले बुधबार बसेको बैठकमा हातपात भएको चिकित्सकको विषयमा कुनै कुरा नउठेको भन्दै सार्वजनिक अपराध अन्तर्गत कारबाहीका लागि मुद्दा दर्ता गर्न लागेको बताए ।

गुल्मी घर भई भैरहवा बस्ने भवानी रास्कोटीको शल्यक्रियाबाट सुत्केरी गराउने क्रममा मृत्यु भएको थियो । उक्त घटनामा आफन्तले डाक्टरले लापरबाही गरेको भन्दै मेडिकल सुपरिटेन्डेन्ट बस्यालमाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्नको आरोपमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेका सात जना उपर किटानी जाहेरीसहित निवेदन दर्ता प्रक्रियामा रहेको सङ्घका सचिव डा. पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस