हामी फेरि पछाडि फर्किन र रैती हुन तयार छैनौँ ओली « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हामी फेरि पछाडि फर्किन र रैती हुन तयार छैनौँ ओली


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि रैती हुन आफूहरू तयार नभएको बताएका छन् ।

झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको पहिलो दिन बैतडीको गोठलापानीमा आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले सरकार कमजोर हुँदा प्रतिगामी शक्तिहरूले टाउको उठाउन थालेको बताए ।

गणतन्त्रको विरोध गर्नु दुस्साहसी काम भएको भन्दै उनले भने, ‘उहिले राजतन्त्र थियो, त्यो राजतन्त्रको अहिले सालिक बनाएर श्री ५ महाराजाधिराज भनेर लेखेर तमासा गर्ने असंवैधानिक काम भइरहेको छ ।’

एमाले अध्यक्ष ओलीले फेरि पछाडि फर्किन र रैती हुन आफूहरू तयार नभएको बताएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस