जुनसुकै विषयमा स्नातक गरे पनि नेपाली र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्न पाउने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जुनसुकै विषयमा स्नातक गरे पनि नेपाली र अङ्ग्रेजी विषयमा स्नातकोत्तर गर्न पाउने


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहमा नेपाली र अङ्ग्रेजी पढ्नका लागि मापदण्ड परिवर्तन गरेको छ।

यसअघि ती दुवै विषयमा स्नातकोत्तर तह पढ्नका लागि स्नातक तहमा पनि सोही विषय अध्ययन गरेको हुनुपर्ने मापदण्ड रहेकोमा त्यसलाई परिमार्जन गरिएको हो। त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिले नेपाली र अङ्ग्रेजी विषयको अध्ययनका लागि मापदण्ड परिमार्जन गरेको हो।

त्रिविका अनुसार यी दुवै विषय प्रयोगात्मक नभएर साहित्यिक भएकाले स्नातकोत्तर पढ्दा तल्लो तहमा जुनसुकै विषय भए पनि पढ्न पाउने छन् । मापदण्ड अनुसार त्रिविबाट मान्यता प्राप्त कुनै पनि विश्वविद्यालयबाट न्यूनतम एक सय पूर्णाङ्क वा सोसरह अङ्ग्रेजीसहित हुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको वा त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने छ।

यस्तै, अङ्ग्रेजी मातृभाषा भएका मुलुकका कुनै पनि विश्वविद्यालयबाट कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण भएको र त्रिविबाट स्नातक तहको समकक्षता प्राप्त गरेको हुनुपर्ने उल्लेख छ।

Tags :
प्रतिक्रिया दिनुहोस