२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दलहरूसँग राजनीतिक एजेण्डाको खडेरी हुँदा प्रतिगामी शक्ति सलबलाए : घनश्याम भुसाल

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले दलहरूसँग राजनीतिक एजेण्डाको खडेरी हुँदा प्रतिगामी शक्ति सलबलाएको बताएका छन् । उनले लोकतन्त्रमा राजनीतिक दलहरू एजेन्डामा हिँड्नुपर्नेमा त्यसो नहुँदा प्रतिगामी शक्तिहरूले टाउको उठाउने अवस्था आएको बताए ।

गृह जिल्ला रुपन्देही पुगेका महासचिव भुसालले बुधबार बुटवलका पार्टीका अगुवा नेता कार्यकर्तासँगको भेटघाटमा राजनैतिक सङ्कट गहिरिँदै गएको सुनाए । नेता भुसालले संविधान निर्माण भएपछि २०७४ को निर्वाचनपछि बनेको केपी ओली नेतृत्वको सरकारले राष्ट्रिय पुँजीको विकास, कृषि उत्पादनको प्रवर्द्धन गर्ने गरी कार्यक्रम ल्याउन नसक्नु र संसद विघटन गर्नुले मुलुकमा राजनैतिक रूपमा सङ्कट गहिरिन थालेको टिप्पणी गरे ।

‘नेकपा बन्दा जनताको पक्षमा काम गर्नुपर्ने थियो, त्यतिखेर नेतृत्वले गरेन, बरु संसद विघटन गरेर जनताको मुद्दा छोड्ने र राजनीति बिगार्ने काम भयो’, महासचिव भुसालले भने, ‘जसको परिणाम आज न विचार, न सिद्धान्त न कुनै उद्देश्य रहेका विचारविहीनहरूले हल्ला मच्चाइरहेका छन् ।’

व्यवसायी दुर्गा प्रसाईँजस्ता व्यक्तिले हल्ला मच्चाउने अवस्था सृजना हुनुमा राजनैतिक दलहरूमा एजेन्डा नहुन मुख्य कारण रहेको उनको भनाइ छ । उनले अब मुलुकलाई अगाडि बढाउन एकीकृत समाजवादी पार्टीले अघि सारेको राष्ट्रिय पुँजीको विकास गर्दै रोजगारी सृजना गरी सुशासन र समृद्धितर्फ जानुपर्ने उत्तम विकल्प भएको सुनाए ।