२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सीमित ओभरको क्रिकेटबाट कोहलीले लिए ब्रेक, रोहित पनि टी-२० नखेल्ने मुडमा

अ+ अ-

काठमाडौँ । घरेलु मैदानमा एक दिवसीय विश्वकपको फाइनल हारेपछि भारतीय ब्याट्सम्यान बिराट कोहली निराश देखिएका छन् । भारतीय सञ्चार माध्यमहरूका अनुसार उनी अब लामै समय सीमित ओभरको क्रिकेटमा देखिने छैनन् ।

बिराटले भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) लाई आफू अनिश्चितकालसम्म ५० ओभर र २० ओभरको क्रिकेट खेल्न नसक्ने जनाउ दिएका छन् । यद्यपि, उनले सीमित ओभरको क्रिकेटबाट सन्न्यास नै लिने मुड भने नबनाएको समाचारमा जनाइएको छ ।

बिराटले एक दिवसीय विश्वकपमा सर्वाधिक रन बनाएका थिए । तर, फाइनलमा भारतलाई जिताउन असफल भए । उक्त हारपछि उनी अहिले परिवारसँग समय बिताइरहेका छन् । भारतले अहिले अस्ट्रेलियाविरुद्ध खेलिरहेको टी-२० सिरिजमा उनी सहभागी छैनन् ।

बिराटले अब दक्षिण अफ्रिकाविरुद्ध भारतले खेल्ने एक दिवसीय र टी-२० सिरिज नखेल्ने बीसीसीआइ स्रोतले बताएको छ । उनी अब टेस्ट क्रिकेटमा केन्द्रित हुन चाहन्छन् । दक्षिण अफ्रिकाविरुद्धको दुई टेस्टको शृङ्खलामा उनी उपलब्ध हुनेछन् ।

विराटसँगै भारतीय राष्ट्रिय टिमका कप्तान रोहित शर्मा पनि सीमित ओभरको क्रिकेटबाट टाढिन सक्ने चर्चाहरू हुन थालेका छन् । बिराट र रोहित दुवैले एक वर्षअघि टी-२० विश्वकप खेलेदेखि कुनै पनि टी-२० म्याच खेलेका छैनन् । अर्को वर्ष हुने टी-२० विश्वकपमा उनीहरूले खेल्छन् वा खेल्दैनन् भन्ने निधो छैन । उमेरले पनि उनीहरू अवकाशको नजिक पुगिसकेका छन् ।