लगानी सम्मेलन गर्दै फिक्कल « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

लगानी सम्मेलन गर्दै फिक्कल


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ। जिल्लाको फिक्कल गाउँपालिकामा प्रथम लगानी सम्मेलन हुने भएको छ । गाउँपालिकाले पत्रकार सम्मेलन गर्दै सुनकोशी मावि खाङसाङबेसीमा यही मङ्सिर १३ र १४ गते लगानी सम्मेलन गरिने बताएको हो ।

लगानी सम्मेलनको पहिलो दिन बिहान प्रभातफेरी, झाँकीहरूसहितको परिक्रमा, सरसफाइ गरिने छ । दिउँसो अर्थमन्त्री डा. प्रकाश शरण महतले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ । सम्मेलनको दोस्रो दिन कार्यपत्र प्रस्तुति, छलफल गरिनेछ ।

गाउँपालिकाको दीर्घकालीन विकासको जग बसाउन प्रस्थान विन्दु बनाउने गरी सम्मेलन आयोजना गरिएको बताइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस