बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले गरे खर्च कटौतीको प्रस्ताव दर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बजेट प्रतिस्थापन विधेयकमा एमाले र राप्रपाले गरे खर्च कटौतीको प्रस्ताव दर्ता


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । केदार कार्की नेतृत्वको सरकारले ल्याएको अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न प्रस्तुत विनियोजन विधेयकमाथि खर्च कटौतीको प्रस्ताव दर्ता भएको छ ।

एमाले र राप्रपाका प्रदेश सभा सदस्यहरूले कोशी प्रदेश सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा व्यवस्था गरेको खर्च कटौतीको प्रस्ताव संसद् सचिवालयमा दर्ता गरेका हुन् । विभिन्न शीर्षकमा खर्च कटौती गर्नुपर्ने उनीहरूको भनाई छ ।

बजेटमाथिको छलफल सकिएपछि खर्च कटौतीको प्रस्ताव दर्ता गर्नका लागि आज बिहान ११ बजेसम्मका लागि समय दिएको थियो ।

सरकारले आजको बैठकबाट बजेट पारित गर्ने तयारी गरेको बेला एमालेका ६ र राप्रपाका २ प्रदेश सभा सदस्यहरूले खर्च कटौतीको प्रस्ताव दर्ता गराएका हुन् ।

एमाले प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रदेशसभा सदस्यहरू विदुरकुमार लिङ्थेप, किशोरचन्द्र दुलाल, तिलचन पाठक, कमला दर्नाल र निरन राईले खर्च कटौतीको प्रस्ताव दर्ता गरेका हुन् ।

यस्तै राप्रपाका भक्तिप्रसाद सिटौला र गोपाल विश्वकर्माले पनि प्रस्ताव दर्ता गराएको संसद् सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस