सुत्केरीको मृत्यु भएपछि बुटवलको सिद्धार्थ अस्पतालका मेसु बस्यालमाथि कुटपिट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सुत्केरीको मृत्यु भएपछि बुटवलको सिद्धार्थ अस्पतालका मेसु बस्यालमाथि कुटपिट


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । बुटवलको सिद्धार्थ महिला तथा बाल अस्पताल (आम्दा) का मेडिकल सुपेरिटेन्डेन्ट डा. राजेन्द्र बस्यालमाथि कुटपिट भएको छ। सुत्केरी महिलाको मृत्युपछि मृतकका आफन्तले अस्पतालका डा. बस्यालमाथि कुटपिट गरेका हुन् ।

सुत्केरी गराउन सोमबार अस्पताल आएकी गुल्मी ठूलो लुम्पेककी ३२ वर्षीय भवानी रास्कोटीको सुत्केरी पछि मङ्गलबार मृत्यु भएको विषयलाई लिएर विवाद बढेपछि मृतकका आफन्तहरूले अस्पतालका चिकित्सक मेसु डा.बस्यालमाथि कुटपिट गरेका हुन् । नवजात शिशु भने सकुशल भएको अस्पताल व्यवस्थापनले जनाएको छ ।

सुत्केरीपछि पनि सामान्य स्वास्थ्य अवस्थामा रहेकी महिलाको मङ्गलबार मृत्यु भएको विषयमा उनका आफन्तले कारण जान्न खोज्दा विवाद भएको थियो । विवाद सुल्झाउन राति अबेरसम्म वार्ता भइरहेको अवस्थामा मृतकका आफन्त अस्पताल व्यवस्थापनबीच विवाद बढ्दा अस्पतालका मेसु डा.बस्यालमाथि कुटपिट भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बताए । उनले घटनाका बारेमा थप अनुसन्धान भइरहेकोसमेत बताए । घाइते डाक्टरको लुम्बिनी प्रादेशिक अस्पतालको आइसियू कक्षमा उपचार भइरहेको छ ।

विवादका क्रममा चिकित्सकमाथि हातपात गर्ने मृतकका आफन्तमध्येका केही व्यक्तिलाई नियन्त्रणमा लिइएकोसमेत प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए ।

लुम्बिनी चिकित्सक सङ्घका सचिव डा.सन्तोष पोखरेलले चिकित्सकमाथि हातपात हुनु गलत भएको बताए। उनले चिकित्सकमाथि हातपात गर्ने जो कोही भए पनि कानुनी कारबाही गर्न माग गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस