काँग्रेस मधेस प्रदेश सम्मेलनको मिति तय « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस मधेस प्रदेश सम्मेलनको मिति तय


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । अगामी पुस ५ र ६ गते नेपाली काँग्रेसको मधेस प्रदेश सम्मेलन हुने भएको छ।

मङ्गलवार बसेको काँग्रेस मधेसप्रदेश कार्य समितिको पूर्ण बैठकले जनकपुरस्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा सम्मेलन गर्ने निर्णय गरेको मधेस प्रदेश सूचना सञ्चार तथा प्रचार प्रसार विभागले जनाएको छ । 

सम्मेलनको प्रमुख अतिथिमा पार्टी सभापति शेरबहादुर देउवालाई आमन्त्रण गर्ने निर्णय समेत गरिएको छ। 

सम्मेलन भव्यताका साथ सम्पन्न गराउन आवश्यक उप-समितिहरू र राजनीतिक साङ्गठनिक-आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरू गठन गर्ने निर्णय समेत गरिएको छ। 

त्यस्तै, वडा तहदेखि जिल्लासम्म सम्मेलन गर्न बाँकी रहेको तहलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने पनि निर्णय भएको जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस