स्रोत नखुलेको १० लाखसहित एक भारतीय पक्राउ  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्रोत नखुलेको १० लाखसहित एक भारतीय पक्राउ 


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । स्रोत नखुलेको १० लाख रुपैयाँसहित सशस्त्र प्रहरी पर्साले एक भारतीयलाई नियन्त्रणमा लिएको छ । मङ्गलवार दिउसो १ बजेतिर रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको बीआर ०५ एआर ८१०१ भारतीय नम्बरको मोटरसाइकलमा सवार भारतीय नागरिकलाई जाँच गर्दा उनले प्रयोग गरेको हेलमेटबाट १० लाख नेपाली रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका(१६ भन्सार रोडस्थित १३ नम्बर गण र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगन्जबाट खटिएको संयुक्त टोलीले भारतीय नागरिकलाई पक्राउ गरेको हो ।

पक्राउ परेकालाई कारबाहीको लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस