‘अधिकार खोसिए मधेशले विद्रोह गर्छ, अलग देश बन्न सक्छ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘अधिकार खोसिए मधेशले विद्रोह गर्छ, अलग देश बन्न सक्छ’


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका मधेश प्रदेश सभा सदस्य रामसरोज यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध प्रहार भयो भने विद्रोह गर्ने चेतावनी दिएका छन् ।

प्रदेश सभा बैठकमा बोल्दै सांसद यादवले व्यवस्थाविरुद्ध आन्दोलनलाई ‘पृथकतावादी’को संज्ञा दिए । उनले भने, ‘अधिकार खोस्न खोजियो भने विद्रोह हुन्छ । सारा मधेशीले विद्रोह गर्‍यो भने देश अलग हुनसक्छ ।’

‘तथाकथित बुद्धिजीवीहरू भन्छन् सङ्घीयताले देश कङ्गाल हुने भयो’, सांसद यादवले भने, ‘स्वघोषित विद्धानहरू भन्दैछन् सङ्घीयता हटाउनुपर्छ । यस्ता आवाजहरू ‘पृथकतावाद आवाज’ हो ।’

सङ्घीय लोकतान्त्रिक गणतन्त्र संसारकै सबभन्दा सुन्दर प्रणाली रहेको भन्दै यो व्यवस्थाविरुद्ध षड्यन्त्र भए मधेशका २३ जिल्लाले विद्रोह गर्नुपर्ने बताए । ‘सङ्घीयता सानो देशले थेग्न सक्दैन भन्छन् तर त्यति सानो देश स्विट्जरलैन्डमा कति राम्रो चलेको छ’, उनको भनाई छ ।

सांसद यादवले सुन्दर प्रणालीलाई कसैले खोस्न चाहन्छ भने त्यसविरुद्ध सबै एकजुट भएर विद्रोह गर्नुपर्नेमा जोड दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस