छोड्ने भन्दा आउने धेरै छन्, भ्रम छर्दैमा हाम्रो पार्टी सकिँदैन : माधव नेपाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

छोड्ने भन्दा आउने धेरै छन्, भ्रम छर्दैमा हाम्रो पार्टी सकिँदैन : माधव नेपाल


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफ्नो पार्टी सकिन्छ भन्दै केही शक्तिहरूले भ्रम फैलाइरहेको आरोप लगाएका छन् ।

कर्णाली प्रदेश राजधानी सुर्खेतमा पार्टीको प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै एकीकृत समाजवादी पार्टी सकिन्छ भन्ने भ्रम नपाल्न आग्रह गरेका हुन् ।

उनले भने, ‘राजनीति कोर्ष परिवर्तनमा हाम्रो पार्टीको ठुलो भूमिका छ । पछिल्लो समय हाम्रो पार्टीका विरुद्ध केही भ्रम फैलाइरहेको पाइन्छ । हाम्रो पार्टी सकिन्छ, पार्टी बन्दैन जस्ता निराशा पोख्ने काम भइरहेका छन् । हाम्रो पार्टी बनिसक्यो। विरोधीले भने जस्तै गरी सकिँदैन ।’

समाजवादी पार्टी छोड्ने भन्दा आउने मान्छेहरू धेरै रहेको दाबी गरे । उनले राजनीति कोर्ष परिवर्तनमा पार्टीहरूको ठुलो भूमिका रहने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस