रोनाल्डोले पेनाल्टी लिन नमानेपछि… « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

रोनाल्डोले पेनाल्टी लिन नमानेपछि…


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले एसियन च्याम्पियन्स लिग (एसीएल) मा पर्सेपोलिससँगको खेलमा गजबको खेल भावना देखाएका छन् ।

गए राति रियादमा इरानको पर्सेपोलिस क्लबसँगको खेलमा साउदी क्लब अल नासरलाई दिइएको पेनाल्टी रोनाल्डोले लिन मानेनन् । खेलको दोस्रो मिनेटमै पर्सेपोलिसका खेलाडीले रोनाल्डोलाई लडाएपछि रेफ्रीले अल नासरलाई पेनाल्टी दिएका थिए । तर लगत्तै रोनाल्डोले विपक्षीबाट फाउल नभएको भन्दै रेफ्रीलाई पेनाल्टी दिने निर्णय उल्टाउन भने ।

रोनाल्डोको आग्रहपछि भिडिओ असिसटेन्ट रेफ्री (भार) को सहायताले रेफ्रीले पेनाल्टीको निर्णय रद्द गरे । अल नासर र पर्सेपोलिसबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । खेलको १७ औँ मिनेटमै अल नासरका अलि लाजामीले रातो कार्ड बेहोरेका थिए । अल नासर यसअघि नै नकआउट चरणका लागि छनोट भइसकेको थियो ।

क्रिस्टियानो रोनाल्डोले खेल भावना देखाएको भन्दै अहिले चौतर्फी प्रशंसा भइरहेको छ

Tags :
प्रतिक्रिया दिनुहोस