काठमाडौँवासीलाई मेलम्चीको पानी चाँडै खुवाउँछौँ : मन्त्री यादव « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काठमाडौँवासीलाई मेलम्चीको पानी चाँडै खुवाउँछौँ : मन्त्री यादव


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । खानेपानी मन्त्री महिन्द्र राय यादवले काठमाडौँवासीलाई मेलम्चीको पानी चाँडै खुवाउने बताएका छन् ।

काठमाडौँले मेलम्चीको पानी एक हप्ताभित्र व्यवस्था गर्न दबाब दिइरहेका बेला खानेपानी मन्त्री यादवले आज मङ्गलवार अर्थमन्त्री डा. प्रकाश शरण महतसँग छलफल गरेपछि सञ्चारकर्मीमाझ यो प्रतिबद्धता व्यक्त गरेका हुन् । खानेपानी उपभोक्तासँगै अर्थमन्त्री महतसँग भेट गरेका यादवले त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने विषयमा अर्थ मन्त्रालयसँग सकारात्मक छलफल भएको पनि बताए।

उनले भने, ‘यहाँ अर्थ मन्त्रालयमा खानेपानीको विषयमा छलफल भएको छ । सकारात्मक कुरा भएको छ । हामी फेरि बसेर छलफल गरेर पानी ल्याउने प्रक्रिया हामी अगाडि बढाउँछौँ । छिटोभन्दा छिटो हामी काठमाडौँवासीलाई पानी खुवाउँछौँ ।’

काठमाडौँवासीले भने एक हप्ताभित्र मेलम्चीको पानीको व्यवस्था गर्न सरकारलाई दबाब दिएका छन् । एक हप्ताभित्र पनि पानी काठमाडौँ ल्याउने व्यवस्था नगरे सरकारविरुद्ध आन्दोलन गर्ने उनीहरूको चेतावनी छ ।

Tags :
प्रतिक्रिया दिनुहोस