किनेर उपहार सामग्री दिने नपाइने « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

किनेर उपहार सामग्री दिने नपाइने


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । भरतपुर महानगरपालिकाले वार्षिकोत्सव तथा अभिभावक भेलामा प्रमुख अतिथि तथा अतिथिलाई बजारबाट किनेर उपहार सामग्री नदिन विद्यालयहरूलाई आग्रह गरेको छ ।

महानगरको नगर शिक्षा समितिको गत कात्तिक २२ गते बसेको बैठकले फजुल खर्च कम गर्न बजारमा किनेर उपहार तथा मायाको चिनो किनेर अतिथिलाई नदिन निर्देशन दिने निर्णय गरेको थियो ।

महानगरभित्रका सबै सामुदायिक विद्यालय व्यवस्थापन समितिलाई पत्राचार गर्दै महानगरको शैक्षिक प्रशासन महाशाखाले उक्त निर्णय कार्यान्वयनका लागि आग्रह गरेको छ ।

महानगरले विद्यालयमा उपलब्ध स्रोतलाई बालबालिकाको सिकाइ सामग्री व्यवस्थापन र पठनपाठनमा अधिकतम सदुपयोग होस् भन्ने उद्देश्यले यस्तो निर्णय गरेको जनाएको छ ।

भरतपुर महानगरपालिकाभित्र १११ सामुदायिक विद्यालय छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस