काँग्रेसले बनाएको अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेसले बनाएको अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले रुकुम (पश्चिम) को सानो भेरी गाउँपालिका-४ पुरानो गाउँमा गौनी विकको घरबाट सुरुआत गरेको ३ स्थानमा अस्थायी घर टहरा निर्माण कार्य अन्तिम चरणमा पुर्‍याएको छ।

‘जाजरकोट भूकम्प’ बाट प्रभावित बस्तीहरूमा एक हजार अस्थायी आवास ‘घर-टहरा’ निर्माण गर्ने अभियान अन्तर्गत काँग्रेसले रुकुम पश्चिम र जाजरकोटका विभिन्न बस्तीमा निर्माणको काम गरिरहेको काँग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले बताए।

रुकुम पश्चिममा काँग्रेसका केन्द्रीय सदस्यद्वय मानबहादुर नेपाली र गुरु बराल, कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय, जिल्ला सभापति प्रेमप्रकाश ओली, युवा नेता शिव आचार्य लगायतका नेता तथा पार्टी सदस्यहरूले खटिएका छन्।

दुःखको यो बेलामा योगदान गर्नको लागि थप क्रियाशील भई निरन्तर लागि लाग्न काँग्रेसले पार्टी पङ्क्तिलाई आह्वान गरेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस