कोशीमा एमाले र राप्रपाका सांसदद्वारा बजेट प्रतिस्थापन विधेयकको विरोध « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोशीमा एमाले र राप्रपाका सांसदद्वारा बजेट प्रतिस्थापन विधेयकको विरोध


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकमा कार्यक्रम तथा बजेट कटौती भएपछि नेकपा एमाले र राप्रपाले संयुक्त रूपमा विरोध जनाएको छ ।

प्रदेश सभाको आजको बैठकको कारबाही सुरु हुनासाथ दुई दलका सांसदहरूले उठेर विरोध जनाएका छन् । सभाको अध्यक्षता गरिरहेका सांसद इस्राइल मन्सुरीले आफ्ना कुरा राख्न प्रमुख विपक्षी एमालेलाई समय दिए । एमाले संसदीय दलका उपनेता राम रानाले रातो किताबमा धेरै योजना कटौती भएकोमा विरोध गर्दै सदन अवरोध गरे ।

उनले भने, ‘एक वर्षमा पाँच पटक सरकार फेरियो । बजेट निर्माण गर्दा छलफल हुनुपर्ने थियो । सरकारले लगभग आधा वर्ष बितेको बजेट व्यवस्थापन गर्दा ध्यान दिन पर्दथ्यो । प्रतिपक्षी सांसदहरूको सुझाव समेटिनुपर्थ्यो त्यो भएन ।’

सांसदले प्राथमिकीकरण गरेका योजना कटौती भएको भन्दै उनले प्रतिस्थापन विधेयक पारित नभए के हुने रु भन्ने प्रश्न गरे ।

बजेट अध्यादेश प्रतिस्थापन गर्न ल्याएको विनियोजन विधेयकमाथि हिजोदेखि छलफल भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस