प्रदीप ज्ञवाली र चिनियाँ विदेश विभाग उपमन्त्री हाइयानबीच भेट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रदीप ज्ञवाली र चिनियाँ विदेश विभाग उपमन्त्री हाइयानबीच भेट


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । चीन भ्रमणमा रहेका नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवाली र चिनियाँ कम्युनिस्ट पार्टीकी विदेश विभागकी उपमन्त्री सुन हाइयानबीच बेइजिङमा भेटवार्ता भएको छ ।

भेटका अवसरमा दुई पार्टीबीच रहँदै आएको मैत्रीपूर्ण, हार्दिक र लामो सम्बन्धका विविध पाटोका बारेमा छलफल भएको थियो ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला दुई देशबिच भएको सम्झौता कार्यान्वयन गर्ने विषयमा समेत उपमन्त्री सुनले चासो व्यक्त गरेकी थिइन् । तत्कालीन परराष्ट्र मन्त्री ज्ञवालीले विगतका सबै सहमति सम्झौता कार्यान्वयन गर्न आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका थिए ।

उनले नेपाल-चीनबिचको सम्बन्ध, रणनीतिक साझेदारीमा स्तरोन्नति भएको बताएका थिए । भेटमा नेकपा (एमाले) का केन्द्रीय कमिटी सदस्य विष्णु रिजालका साथै चिनियाँ कम्युनिस्ट पार्टीका अधिकारीहरू पनि सहभागी थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस