२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणतन्त्र फाल्छु भनेर बकाइदा भन्न पाइन्छ : गगन थापा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले मुलुकको हालको यो व्यवस्था अर्थात् गणतन्त्र फाल्छु भनेर बकाइदा भन्न पाइने बताएका छन्।

नवलपुरमा नेपाली काँग्रेसको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘काठमाडौँमा अस्ति केही मान्छे यो व्यवस्था फाल्छु भनेर जम्मा भए, राति पार्टी प्यालेसमा बसेका ती मान्छेहरूलाई लखेट्नेहरू को हुन्, ती मान्छेहरूले काठमाडौँमा गएर गणतन्त्र फाल्छु भन्ने हक अधिकार राख्न सक्छन्, नागरिकको सुरक्षा गर्ने काम राज्यको हो।’

उनले थपे, ‘हिजो नेकपा एमालेका सचिव योगेश भट्टराईको गाडीमा तोडफोड हुँदा सुरक्षा दिने काम राज्यको हो, योगेश भट्टराईले कोशी प्रदेशको नाम ठिक छ भनेका छन्, त्यहाँ नाम ठिक छैन बदल्नुपर्छ भन्ने मान्छे पनि छन्,बदल्नुपर्छ भन्नेले पनि बदल्नुपर्छ भन्न पाउनुपर्छ, यो ठिक छ भन्नेले ठिक छ भन्न पाउँछ त्यो ढुंगा हान्ने को ?’

जिउज्यानमाथि आक्रमण गर्नेलाई राज्यले ठेगान लगाउनु पर्नेमा त्यसो हुन नसकेको महामन्त्री थापाको भनाइ छ।

‘जहाँनेर राज्य सबैभन्दा कमलो हुनुपर्छ, त्यहाँ कमलो हुनुपर्छ जहाँ नेर सेवा गर्नुपर्छ त्यहाँ सेवा गर्नुपर्छ, जहाँ कठोर हुनुपर्छ त्यहाँ कठोर हुनुपर्छ, गलत गर्नेले दण्ड पाउनुपर्छ, यदि कसैले सार्वजनिक मञ्चबाट म फलानोलाई सक्दिन्छु म बैँकवालालाई सक्दिन्छु भन्छ भने त्यसलाई कानुन बमोजिम कारबाही गर्ने हिम्मत राज्यले राख्न सक्नुपर्छ,’ उनले भने।

राज्यले नागरिकलाई सुरक्षा दिन नसकेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस