मन्त्री बस्नेतले लिए कोरोनाबाट पहिलो मृत्यु भएकी तिमल्सिनाका छोराको पढाइको जिम्मा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

मन्त्री बस्नेतले लिए कोरोनाबाट पहिलो मृत्यु भएकी तिमल्सिनाका छोराको पढाइको जिम्मा


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले कोरोना सङ्क्रमणबाट पहिलो मृत्यु भएकी सावित्री तिमल्सिनाका छोराको पढाइको जिम्मा लिएका छन्। चालिसे कोरोना महामारीबाट मृत्यु हुने पहिलो नेपाली हुन्।

सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-९ राम्चेकी तिमल्सिना सुत्केरी भए लगत्तै कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो। विसं २०७७ जेठमा तिमल्सिनाको मृत्यु हुँदा छोरा सफल नौ दिनका थिए। सफलको पढाइको जिम्मा लिएसँगै मन्त्री बस्नेतले उनलाई आज टोखा नगरपालिका-९ गोँगबुस्थित कान्तिपुर इङ्लिस एकेडेमीमा भर्ना गरिदिएका हुन्।

उनले चालिसेको छोरा सफलको पठनपाठनको खर्चस्वरुप आज रु. ६० हजार नगद विद्यालयका प्राचार्य माधवप्रसाद अधिकारीलाई हस्तान्तरण गरेको बताइएको छ । मन्त्री बस्नेतले सफलको कक्षा १२ सम्मको पढाइ खर्च आफूले बेहोर्ने बताए। मृतकका पति विमल चालिसेले मन्त्री बस्नेतको सहयोगप्रति आभार व्यक्त गरे। मन्त्री बस्नेतले तत्कालीन समयमै सावित्रीको मृत्यु लगत्तै शिशुको पढाइको जिम्मा लिने घोषणा गरेका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस