इकम कलेजले हटायो ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र’ लेखिएको शिलालेख « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

इकम कलेजले हटायो ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र’ लेखिएको शिलालेख


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । झापाको बिर्तामोड-१ स्थित इकम कलेजमा पूर्वराजा ज्ञानेन्द्र शाहले अनावरण गरेको पृथ्वीनारायण शाहको सालिकसँगको शिलालेख फेरिने भएको छ ।

शिलालेख ज्ञानेन्द्र शाहलाई ‘श्री ५ महराजाधिराज’ भनेर उल्लेख गरिएपछि विवादित बनेको थियो । सोही क्रममा शाहले कलेजको पनि उद्घाटन गरेका थिए ।

विवाद बढेपछि ‘श्री ५’ लेखेको शिलालेख हटाएर अर्को बनाउन अर्डर गरिएको कलेजले जनाएको छ ।

नेपाल सरकारको नीति नियमबमोजिम दर्ता भई सञ्चालनमा रहेको इकमले राजतन्त्रको अन्त्य भएको १५ वर्षपछि शिलालेखमा ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाह’ लेखेको भन्दै विरोध बढेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस