बुवाको हत्या आरोपमा छोरा पक्राउ « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

बुवाको हत्या आरोपमा छोरा पक्राउ


११ मंसिर २०८०, सोमबार


विराटनगर । बुवाको हत्या गरेको आरोपमा प्रहरीले झापाका एक युवकलाई पक्राउ गरेको छ ।

आज (सोमबार) बिहान करिब साढे ६ बजे झापाको कमल गाउँपालिका–४ का ४५ वर्षीय भोलाकुमार तामाङको हत्या भएको प्रहरीले जनाएको छ । उनलाई आफ्नै छोरा २३ वर्षीय आषिश तामाङले हत्या गरेको प्रहरीको भनाइ छ ।

उनले कराई र घरेलु हतियारले प्रहार गरी बुवाको हत्या गरेका थिए ।

भोलाकुमारको टाउको र शरीरका अन्य भागमा गहिरो चोट लागेको पाइएको प्रहरीले जनाएको छ । घटनापछि फरार भएका आशिषलाई प्रहरीले झापाकै कमल गाउँपालिका–४ मा पक्राउ गरेको हो ।

उनलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले उल्लेख गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस