२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एनएसएल : आज झापा र इलाम भिड्दै

अ+ अ-

काठमाडौँ । काठमाडौँमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)मा आज झापा एफसी र स्पोर्टिङ इलाम एफसीबीच प्रतिस्पर्धा हुँदै छ । झापा एफसी र स्पोर्टिङ इलाम एफसी दुवै एनएसएलमा नयाँ टोली हुन् ।

खेल दशरथ रङ्गशालामा साँझ साँढे पाँच बजे सुरु हुनेछ । नयाँ टोली इलामले पहिलो उद्घाटन खेलमै साविक विजेता काठमाडौं रेजर्ससँग खेलमा १–० ले पराजित भएको थियो ।

झापाको लागि भने आज यो पहिलो खेल हुनेछ । राष्ट्रिय टोलीका लागि हरिक खड्का र निराजन रायमाझीसँगै सर्वाधिक १३ गोल गरेका अन्जन विष्ट झापाको मार्की छन् । उनले पहिलो सिजन ललितपुर सिटी एफसीबाट कप्तानी गरेका थिए । यस सिजन अन्जन झापाको मार्की बनेका हुन् ।

झापाको टिममा अन्जनसँगै राष्ट्रिय टिममा रहेका योगेश गुरुङ, छिरिङ लामा र लकेन लिम्बु पनि छन् ।

यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका आभास लामिछाने झापाको आइकोनिक प्लेअरको रूपमा छन् । झापाली टोलीको मुख्य प्रशिक्षकमा स्पेनका ओरिएल मोहडानो छन् ।

झापाले विदेशी खेलाडीमा पनि स्पेनकै दुई जना अनुबन्ध गरेको छ । जसमा मिडफिल्डर फर्नान्डो कोजार टोरेस र फरवार्ड जोर्ज पेलाएज सान्चेज रहेका छन् ।

उता इलामको कप्तान तथा मार्कीमा गोलकिपर विकेश कुथु छन् । पहिलो सिजनमा उनी च्याम्पियन टिम काठमाडौं रेजर्सका कप्तान र मार्की थिए । यस्तै इलाममा विकेशसँगै च्याम्पियन टिमका आशिष गुरुङ, विमल पाण्डे र आशिष राई छन् । इलाममा राष्ट्रिय टिमबाट खेलिसकेका अनुभवी भरत खवास, जितेन्द्र कार्की र नवीन लामालगायतका खेलाडी छन् भने सन्यास लिइसकेका राष्ट्रिय टिमका पूर्व कप्तान विराज महर्जन पनि छन् । मेघराज केसीले टिमलाई प्रशिक्षण गरेका छन् ।

दुवै टोली आज राम्रो प्रदर्शन गरेर जित निकाल्ने लक्ष्यमा छन् ।

प्रतिक्रिया दिनुहोस