एनएसएल : ललितपुरको विजयी सुरुवात, बुटवल लुम्बिनी पराजित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एनएसएल : ललितपुरको विजयी सुरुवात, बुटवल लुम्बिनी पराजित


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । नेपाल सुपर लिगमा ललितपुरले विजयी सुरुवात गरेको छ। त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा ललितपुरले बुटवल लुम्बिनीलाई २-० ले हराएको हो।

पहिलो हाफमै ललितपुरले दुई गोलको अग्रता बनाएको थियो। खेलको २६ औँ मिनेटमा पापा इबोउ केबेले पोस्टको दायाँ साइडबाट गरेको क्रसमा दिनेश हेन्जनले पेनाल्टी बक्स भित्रबाट गोल गरेका थिए। यससँगै अग्रता बनाएको ललितपुरका लागि अर्को गोल कप्तान अनन्त तामाङले गरे। 

यससँगै ३१ औँ मिनेटमै बुटवल लुम्बिनी दुई गोलले पछि परिससकेको थियो। लुबिनाकी केबेले खेलको ३४ औँ मिनेटमा पनि पोस्टअघि निकै उत्कृष्ट प्रहार गरेका थिए। तर त्यो प्रहारलाई गोलकिपर दिप कार्कीले मुश्किलले बचाएका थिए।

दोस्रो हाफमा भने ललितपुर सिटीले गोल गर्न सकेन्। उसले निकै राम्रा अवसर सिर्जना गरे पनि गोल गर्न नसकेको हो। खेलको अन्तिम मिनेटमा दिनेश पोस्टअघि बल नियन्त्रणमा लिन नसक्दा गोलको निकै नजिकको अवसरमा पनि चुकेका थिए। 

हिजो भएको पहिलो खेलदमा पोखरा थन्डर्सले  एफसी चितवन माथि १–० को जित हात पारेको छ।​ लिगमा आज वीरगन्ज युनाइटेडले धनगढी एफसीको सामना गर्नेछ।

Tags :
प्रतिक्रिया दिनुहोस