Logo २६ माघ २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

भागवत खनालको ‘बाबा मेरो पीआर आयो’ लोकार्पण


९ मंसिर २०८०, शनिबार


काठमाडौँ । भागवत खनालको कथाहरूको सँगालो ‘बाबा मेरो पीआर आयो’ लोकार्पण भएको छ । पूर्व प्रशासक खनालको २४ कथाहरूको सँगालो शनिबार राजधानीमा आयोजित एक कार्यक्रमका बिच साहित्यकार अभय श्रेष्ठ सहित डा. कपिल उपाध्याय, प्रकाशक विनीता खनाल, कल्पना अधिकारी, सिर्जना तिवारी र लेखक खनालले लोकार्पण गरेका हुन् ।

तीन दशक लामो अवधि निजामती सेवामा व्यथित गर्दै सहसचिवबाट अनिवार्य अवकाश लिएका खनालले जीवनको खोजी र पहिचानमा केन्द्रित कथाको सँगालो ल्याएका हुन् । सङ्ग्रहमा समाज, देश, परदेश, हाँसो, आँसु र रोदनसँगै राष्ट्रवाद, राजनीति, पलायन र सङ्घर्षका गाथा समेटिएका छन् ।

खनालका कथाहरू यथार्थ धरातलमा टेकेर सामाजिक, राजनीतिक, सांस्कृतिक, आर्थिक एवं वैज्ञानिक अवयवहरूलाई एक एक गरी छुने र जीवनको वास्तविकतालाई प्रतिबिम्बित गर्दछन् । चर्चित साहित्यकार नयन राज पाण्डेका अनुशार खनालका कथा पढ्दै गर्दा लाग्छ, म कुनै क्लासिक सिनेमाका दृश्य हेर्दै छु । तर यतिले मात्रै खनालका कथाहरू उल्लेखनीय बनेका नभई घटनाक्रममा स्वाभाविकरुपमा उनिएर आउने दार्शनिकताले उहाँका कथालाई एक सिद्धहस्त कथाकारको कुशल शिल्पयुक्त सिर्जना बनाएको पाण्डेको भनाई छ ।

खनालको बा मेरो पीआर आयोले हाम्रा परम्परागत सोचाइमाथि धावा बोलेको छ भन्छन् साहित्यकार अभय श्रेष्ठ । साहित्य मूलतः जडताको विघटन, जराको खोजी र अनद्घाटित सत्यको उद्घाटन हो भन्दै श्रेष्ठ भागवत खनालका कथा पढ्दा मलाई यही सन्देश प्रसारित भए जस्तो लाग्छ भन्छन् ।

विमोचन कार्यक्रममा नेपाल सरकारका बहालवाला तथा अवकाशप्राप्त अधिकारीहरूसहित साहित्य तथा अन्य क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस