गाजामा बन्धक भएकाहरू रेडक्रसलाई सुम्पियो « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाजामा बन्धक भएकाहरू रेडक्रसलाई सुम्पियो


९ मंसिर २०८०, शनिबार


गाजा स्ट्रिप । इजरायलमा गत अक्टोबर ७ को आक्रमणमा पक्राउ परेका केही बन्धकहरूलाई इजिप्ट हुँदै इजरायल फर्कनका लागि रेडक्रसलाई सुम्पिएको छ । ‘आधा घण्टा अघि, केही बन्दीहरूलाई रेड क्रसलाई सुम्पिएको छु स्रोतले उल्लेख गरेको छ

हमासको सैन्य शाखाको एक स्रोतले सो हस्तान्तरणको पुष्टि गर्दै भनेको छ- यो सम्झौता अन्तर्गत पहिलो समूह हो।’गाजा पट्टीमा इजरायली र हमासबीचको युद्ध विराम बिहानदेखि लागू भएपछि शुक्रबार १३ जना महिला र बालबालिका बन्धकहरूको पहिलो चरण इजरायल फर्किने अपेक्षा गरिएको थियो।

इजरायलले इजरायली जेलबाट त्यसको तीन गुणा बढी प्यालेस्टिनी कैदीहरू, महिला र किशोर किशोरीहरूलाई रिहा गर्ने तयारी गरेको छ। हमासले गत अक्टोबर ७ मा इजरायलसँगको गाजाको सैन्य सीमाना तोडेको इजरायली अधिकारीहरूका अनुसार करिब १ हजार २०० व्यक्तिको हत्या गरी र करिब २ सय ४० इजरायली र विदेशी बन्धकहरूलाई कब्जामा लिएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस