२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन मन्त्री आचार्यको आग्रह

अ+ अ-

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानमा ऐक्यबद्धता जनाउन सरोकार भएका पक्षलाई आग्रह गरेका छन् ।

मन्त्रालयद्वारा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री आचार्यले नोभेम्बर २५ देखि डिसेम्बर १० तारिखसम्म व्यक्ति, परिवार, नागरिक समाज, सङ्घ संस्थालगायतका सरोकार भएका पक्षलाई सचेतनामूलक तथा सन्देशमूलक कार्यक्रम सञ्चालन गरी अभियानलाई ऐक्यबद्धता जनाउन आग्रह गरेका हुन् । 

मन्त्री आचार्यले अभियानलाई व्यापक रूपमा सञ्चालन गर्न सातै प्रदेशमा प्रदेशस्तरीय जनचेतनामूलक विभिन्न कार्यक्रम गरी मनाउने तयारी रहेको बताए । “अघिल्ला वर्ष राजधानी केन्द्रित र्‍याली हुने गरेकोमा यस वर्ष सबै तह, निकायको समन्वय, सहकार्य गर्दै सातै प्रदेशमा प्रदेशस्तरीय कार्यक्रम गरी मनाउने मन्त्रालयको तयारी छ”, उनले भने । 

अन्तर्राष्ट्रिय प्रतिबद्धताले सिर्जना गरेको दायित्वलाई कार्यान्वयन गर्ने सम्बन्धमा संविधानलगायत महिला केन्द्रित नीति, कानुन, योजना, संरचना तथा कार्यक्रम निर्माण गरी उपलब्ध स्रोतसाधनको अधिकतम प्रयोग गरेर महिलाको जीवनस्तर माथि उठाइ समृद्ध समाज निर्माण गर्न सरकार प्रयासरत रहेको उनको ठहर छ । मन्त्री आचार्यले महिलाको हक अधिकार सुरक्षित गर्दै महिलाविरुद्ध हुने जुनसुकै प्रकारको हिंसा तथा विभेदलाई शून्य सहनशीलताको नीति लिई पूर्णरुपमा अन्त्य गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताए । 

सोही सम्मेलनमा मन्त्रालयका लैङ्गिक हिंसाको अन्त्यको लागि पुरुष सञ्जालका सदस्य संयोग ठकुरीले अभियानको ऐतिहासिक पृष्ठभूमि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धता, अभियानका कार्यक्रम लगायतका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै महिला हिंसा उन्मूलन गर्न सबैले हातेमालो गर्न आवश्यक रहेको बताए । 

मङ्सिर ९ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने अभियानको यस वर्ष अन्तर्राष्ट्रिय नारा ‘महिला र बालबालिकाविरुद्ध हिंसा रोक्न एकजुट लगानी’ का साथै ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ । यो राष्ट्रिय नाराका साथ यस वर्ष विभिन्न कार्यक्रम गरी दिवस मनाइने भएको छ ।