प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने संसदीय सुनुवाइ समितिको निर्णय


८ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ।

शुक्रबार सिंहदरवारमा बसेको समिति बैठकले न्यायापरिषदको मंसिर ५ गतेको निर्णयानुसार सर्वोच्च अदालतका लागि न्यायाधीश सिफारिस भएकाहरूको सुनुवाइका लागि उजुरी आह्वान गर्ने निर्णय गरेको हो।

न्यायपरिषद्ले शारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल कुमार पोखरेल र बालकृष्ण ढकाललाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो।

यस्तै, बैठकले पोर्चुगलका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको उनले जानकारी दिए।

सिफारिस भएका व्यक्तिलाई संसदीय सुनुवाइले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्त हुने प्रावधान छ।

सम्बन्धित समाचार: सर्वोच्च अदालतको न्यायाधीशमा ६ जना सिफारिस

Tags :
प्रतिक्रिया दिनुहोस