सिरहाका तीन उत्कृष्ट करदाता सम्मानित « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिरहाका तीन उत्कृष्ट करदाता सम्मानित


८ मंसिर २०८०, शुक्रबार


गोलबजार(सिरहा) । आन्तरिक राजस्व कार्यालय लहानले १२औँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा बिहीबार सिरहा जिल्लाका तीन उत्कृष्ट करदाता कम्पनीलाई सम्मान गरेको छ ।

बाह्रौँ राष्ट्रिय कर दिवस एवं कर सप्ताहको समापन समारोहमा आन्तरिक राजस्व कार्यालय लहानले आयोजना गरेको कार्यक्रममा आर्थिक वर्ष २०७८/७९ मा सबैभन्दा बढी कर तिर्ने तीन करदातालाई उत्कृष्ट करदाता घोषणा गर्दै सम्मान गरिएको आन्तरिक राजस्व कार्यालय लहानका प्रमुख कर अधिकृत पुण्यप्रसाद रिजालले बताए ।

कार्यालयले नाथ बाबा अटोमोबाइल्स लहान–३, सृजनशील लघुवित्त वित्तीय संस्था गोलबजार, शिव शङ्कर आयरन स्टोर मिर्चैया सिरहालाई उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको हो । आर्थिक वर्ष २०८०/८१ को कात्तिक महिनासम्म रु ५७ करोड ३९ लाख ८५ हजार राजस्व उठाउने लक्ष्य रहेकोमा कार्यालयले रु ५४ करोड ९८ लाख ४८ हजार गरी लक्ष्यको ९५.७९ प्रतिशत राजस्व उठाएको हो । सिरहा जिल्लामा ४१ हजार चार सय ३७ व्यावसायिक करदाता दर्ता भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस