नेपाल प्रहरीका १५ एसएसपीको सरुवा « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

नेपाल प्रहरीका १५ एसएसपीको सरुवा


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले १५ जना एसएसपीको सरुवा गरेको हो।

सूचीअनुसार जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दान बहादुर कार्कीको काज सरुवा नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालय नक्सालमा भएको छ भने उनको ठाउँमा भूपेन्द्रबहादुर खत्री आएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा वीरेन्द्रनगरमा रहेका गोपालचन्द्र भट्टराईको बागमती प्रदेश प्रहरी कार्यालय अपराध तथा अनुसन्धान महाशाखा हेटौँडामा सरुवा भएको छ।

हेर्नुस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस