युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईँ समूहबीच बल्खुमा ढुंगा हानाहान « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युवा संघका कार्यकर्ता र दुर्गा प्रसाईँ समूहबीच बल्खुमा ढुंगा हानाहान


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । काठमाडौँमा प्रदर्शनरत नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं समूहबीच ढुंगा हानाहान भएको छ ।

बल्खु चोकमा ढुंगा हानाहान भएको हो । तीनकुनेमा हुने प्रदर्शनका लागि युवा संघका कार्यकर्ता मोटरसाइकल र्‍याली गर्दै बल्खु पुगेका थिए ।

सोही क्रममा बल्खु केन्द्रित आन्दोलन गरिरहेका प्रसाईं समूहसँग ढुंगा हानाहान भएको हो । अहिले बल्खु क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएका छन् ।

प्रदर्शन स्थल तीनकुने र बल्खुमा विभिन्न ठाउँबाट जुलुससहित प्रदर्शनकारी आउने क्रम शुरु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस