सुनको मूल्य स्थिर, चाँदीको घट्यो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

सुनको मूल्य स्थिर, चाँदीको घट्यो


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर छ । आज सुन बुधबारकै मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलाको एक लाख १६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुन तोलाको एक लाख १५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तैगरी, चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी तोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस