२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जातीय विभेद कम नहुनु दुःखद : सांसद विश्वकर्मा

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका सांसद हर्कमाया विश्वकर्मालाई अझै पनि जातीय विभेद कम हुन नसकेकोप्रति दुःख लागेको छ । जातीय विभेदका घटना पटक पटक संसद्मा उठाए पनि खासै सम्बोधन हुन नसकेको उनीसँग तितो अनुभव छ ।

‘सांसद भएर काम सुरु गरेको एक वर्ष भयो, म सांसद भएर आएपछि पनि ३०/३२ जातीय विभेदका घटना घटे तर एउटैको पनि सुनुवाइ भएन’, उनले भनिन्, ‘मैले पटक पटक सदनमा आवाज उठाए, सुनुवाइ हुँदैन, जातीय विभेदको कुरा अहिले पनि कम हुन सकेको छैन, जुन दुःखद् कुरा हो ।’ उनी आफ्नो समुदायको विभेद न्यूनीकरण गर्न पटक पटक आवाज उठाउँछिन् । तर एकाधबाहेक सम्बोधन हुँदैनन् । तै पनि हिम्मत हारेका छैनन् ।

‘मैले विभेद कम गर्न सदनमा आवाज उठाउँछु, आफ्नो क्षेत्रको समस्या समाधान, रोकथाम गर्नका लागि काम गरिरहेकै छु’, सांसद विश्वकर्माले भनिन्। सांसद विश्वकर्माको जन्म झापाको लखनपुर–३ मा भएको हो । विसं २०४० देखि राजनीतिक यात्रा प्रारम्भ गरेको उनले नेकपा एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुको प्रारम्भिक कमिटीदेखि नै काम गरेका हुन् ।

झापा–२ बाट समानुपातिकबाट प्रतिनिधित्व गर्ने सांसद विश्वकर्माले पार्टीको वडा कमिटी हुँदै पार्टीभित्र दलित मुक्ति आन्दोलनमा सक्रियारुपमा काम गरिन्। उनले दलित मुक्ति मोर्चाको जिल्ला सचिव भएर काम गर्दै अहिले मुक्ति समाजको केन्द्रीय सचिवालय सदस्य र महिला विभागको केन्द्रीय सचिव भएर काम गरिरहेका छन् ।

सांसद विश्वकर्माले संविधान अनुकूलका कानुन बनाउन धेरै बाँकी भए पनि सरकारले संविधान कार्यान्वयन गर्न आवश्यक कानुन बनाउन ध्यान नदिएकामा दुःख लागेको छ । ‘कानुन बनाउने कुरामा प्रतिपक्षको भन्दा पनि सत्तापक्षले अलि बढी ध्यान दिनुपर्ने हुन्छ’, उनले भनिन्, ‘सरकारले बनाउनुपर्ने कानुन सदनमा ल्याएर छलफल गराउनुपर्ने हुन्छ तर त्यो हुन सकेको छैन ।’

उनले कानुन बनाउनुपर्ने कुरामा धेरै पटक सदनमा उठाएको तर सरकारले गम्भीरतापूर्वक नलिएको अनुभव सुनाइन् । कानुन बनाउने कुरामा सत्तापक्ष र प्रतिपक्ष भनेर बस्न नहुने उनको बुझाइ छ ।

सांसद विश्वकर्मालाई सत्तापक्ष र प्रतिपक्षबीच आरोपप्रत्यारोप गर्नु संसदीय अभ्यासमा सामान्य कुराजस्तो लागे पनि सदन प्रतिपक्षको भएकाले सरकारले अलि बढी ध्यान दिनुपर्छ भन्ने लाग्छ । ‘सरकारले गल्ती गरेको अवस्थामा प्रतिपक्षले आवाज उठाउने ठाउँ सदन हो, त्यो कुरा सरकारले पनि बुझन जरुरी छ’, उनले भनिन्, ‘तर आरोपप्रत्यारोप गरेर समस्याको समाधान हुँदैन, जनताको समस्या समाधानमा जनप्रतिनिधिले ध्यान दिनुपर्छ ।’

जनताका प्रतिनिधि अत्यन्तै इमान्दार, संवेदनशील भएर जनताको हित हुने गरी बोल्नुपर्छ भन्ने सांसद विश्वकर्मालाई लाग्छ । ‘जनताको समस्या समाधान गर्ने तरिकाले जनप्रतिनिधि सदनमा सभ्य भएर आफ्नो कुराहरू राख्नुपर्छ’, उनले भनिन्, ‘सरकारको ध्यानाकर्षण सभ्य तरिकाले पनि गर्न सकिन्छ, गैरजिम्मेवार तरिकाले कहिले पनि प्रस्तुत हुन हुँदैन ।’

नेपालको राजनीतिक परिपाटीमा सांसदहरु विकास निर्माणमा बढी केन्द्रित हुनुपर्ने जरुरी भएको उनको बुझाइ छ । विधायक भनेको कानुन बनाउने हो भनेर नेपाली समाजमा बुझाउन नसकिएको भन्ने उनलाई लाग्छ । ‘जनताले विकासकै आशा गरेका हुन्छन्, चुनावमा भोट माग्दा पनि कुन नेताले के बनाउने भन्ने बोल्यो भन्ने आधारमा मत निर्धारण हुन्छ’, उनले भनिन्, ‘म यहाँ बाटो बनाउँछु, त्यहाँ पुल बनाउँछु, यति बजेट हालिदिन्छु भनेर वचन दिएको हुन्छ, सांसदमा पनि विकास निर्माणमा ध्यान दिँदा लोकप्रिय भइन्छ भन्ने छ ।’

सांसद विकास कोष बढी मात्रामा पहुँच हुनेले मात्र प्रयोग गरेको पाइएकाले त्यो नहुँदा नै ठीक भएको उल्लेख गर्दै उनले थपिन्, ‘जहाँ विकास जरुरी छ, त्यहाँ विकास गर्नुपर्छ, निर्वाचित सांसदको हालीमुहाली हुने तर समानुपातिक सांसदलाई साँची मात्र बनाउने परिपाटी पनि गलत हो ।’

सांसद विश्वकर्मालाई सत्तापक्ष वा प्रतिपक्ष सबै मिलेर देशमा भएका विकृति, विसङ्गति, सबै खाले विभेदको अन्त्यका लागि पहल गर्नुपर्छ भन्ने लागेको छ । कुनै पनि प्रकारको कुरीति र कुसंस्कारको विरुद्धमा सबै एकताबद्ध हुन उनको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस