गरिबी निवारणमा सबै मिलेर काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गरिबी निवारणमा सबै मिलेर काम गर्नुपर्छ : अध्यक्ष तिमिल्सिना


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले चीन सरकारको अनुभव लिएर नेपालको गरिबी निवारणमा लाग्नुपर्ने आवश्यकता रहेको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्ने बताए।

उनले गरिबी निवारणमा सबै मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्ने बताए। उनले बिआरआईलाई थप गति दिन आवश्यक रहेको पनि बताए। उनले भने, ‘बिआरआईबाट दक्षिण एशियाली मुलुकहरुलाई उनीहरुको आर्थिक विकास र जनताको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्दछ। 

गरिबी निवारणमा हामीले मिलेर काम गरेको अवस्थामा दिगो विकासका लक्ष्य हासिल गर्न मद्दत पुग्छ।  चीनको गरिबी निवारणमा चीनको दूरदर्शी राजनीतिक नेतृत्व र नागरिक सशक्तिकरण, सर्वपक्षीय सहभागिता र आपसी समझदारी जस्ता कारणहरु रहेका छन्। भ्रष्टाचार विश्वका कुनै देशका लागि पनि विकासका बाधक र समस्या हुन्। 

नेपाल लगायत दक्षिण एशियाली मुलुकहरुले चीनका यी अनुभवबाट शिक्षा लिएर असल अभ्यासलाई आत्मसाथ गरेर अघि बढ्न सकेको खण्डमा गरिबी निवारणमा महत्त्वपूर्ण सफलता प्राप्त हुनसक्छ।

Tags :
प्रतिक्रिया दिनुहोस