बोराभित्र महिला र पुरुषको शव भेटियो « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बोराभित्र महिला र पुरुषको शव भेटियो


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । बोरामा बाँधेर खोलामा फालेको अवस्थामा बुधबार भरतपुरमा महिला र पुरुषको शव फेला परेको छ । 

भरतपुर महानगरपालिका-१२, पूर्वपश्चिम महेन्द्र राजमार्गको मिलन चोक नजिक पुल तल दिउँसो १ बजे तिर बोरामा २ वटा शव भटिएको खबर स्थानीयले प्रहरीलाई गरेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी विजयराज पण्डितले बताए ।

जुटको बोराभित्र भेटिएकोको शव अन्दाजी ३० वर्षका महिला र पुरुषको रहेको डीएसपी पण्डितको भनाइ छ । शवको प्रकृति हेर्दा चार-पाँच दिनअघि घटना भएको हुनसक्ने देखिएको उनले बताए । शवको सनाखत भइनसकेको पनि उनले जानकारी दिए । 

खोलामा माछा मार्दै गरेका स्थानीयले गन्ध आएपछि खोज्ने क्रममा बोराभित्र शव भेटिएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस