आज सेयर बजार २० अङ्कले बढ्यो, १ अर्बमाथिको कारोबार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज सेयर बजार २० अङ्कले बढ्यो, १ अर्बमाथिको कारोबार


६ मंसिर २०८०, बुधबार


शेयर बजार

काठमाडौँ । मंगलबार २३ अङ्कले घटेको सेयर बजार बुधबार भने २०.६७ अङ्कले बढेको छ । सो अङ्कको वृद्धिपछि नेप्से १८५० विन्दुमा कायम भएको छ । सेयर बजार बढ्दा कारोबार रकम पनि बढेको छ । मंगलबार ९५ करोड ४ लाख रुपैयाँ बराबरको कारोबार भएकोमा बुधबार १ अर्ब ८ करोडको कारोबार भयो ।

कुल १९५ कम्पनीको मूल्य बढ्दा ४० को मात्रै घट्यो भने ३ को स्थिर रह्यो । सबै उपसमूहका सूचक बढेका छन् । होटेल तथा पर्यटन उपसमूह सबैभन्दा धेरै ३.४९ प्रतिशत बढेको छ । त्यस्तै हाइड्रोपावर उपसमूह २.३ प्रतिशत बढ्यो ।

अङ्कका आधारमा वाणिज्य बैंक समूह ३, विकास बैंक ६, फाइनान्स २०, होटेल तथा पर्यटन १६७, जलविद्युत् ४५, जीवन बीमा १०९, उत्पादन ८७, माइक्रोफाइनान्स २३, निर्जीवन बीमा १२२, अन्य २५ र ब्यापाार उपसमूह २८ अङ्क बढे ।

बुद्ध भूमि हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर र माथिल्लो मैलुङखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो । त्यस्तै थ्रीस्टार हाइड्रोपावरको ९.७, पिपुल्स हाइड्रोपावरको ९.४, सोनापुर मिनरल्सको ८.६ प्रतिशत मूल्य बढ्यो ।

सयपत्री हाइड्रोपावरको ८.१, स्वाभिमान लघुवित्तको ५.९ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सोनापुर सिमेन्ट, प्राइम कमर्सियल बैंक संस्थापक, मुक्तिनाथ विकास बैंक संस्थापक, हाथवे इन्भेस्टमेन्ट र हिमालयन डिस्टिलरी कम्पनी क्रमशः अगाडि रहे ।

Tags :
प्रतिक्रिया दिनुहोस