क्रोएसिया युरोकपमा छनोट « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

क्रोएसिया युरोकपमा छनोट


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । क्रोएसियाले युरोकपमा स्थान पक्का गरेको छ । समूह डीमा रहेको क्रोएसियाले मंगलबार राति अर्मेनियालाई १–० गोल अन्तरले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा रहेर युरोकपमा स्थान पक्का गरेको छ ।

यो समूहबाट टर्कीले पनि युरोकपमा स्थान पक्का गर्न सफल भयो । क्रोएसियालाई जिताउनका एन्टे बुडमिरले ४३ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो ।

यही समूहमा रहेको टर्कीले वेल्ससँग एक एक गोलको बराबरी खेल्दै युरोपमा स्थान पक्का गर्‍यो। वेल्सले सातौं मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । निको विलियम्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, ७० औं मिनेटमा टर्कीले पेनाल्टीमार्फत बराबरी गरेको थियो । युसुफ याजाकाइले गोल गरेपछि टर्कीले बराबरी गर्दै एक अंक लिन सफल भयो । यो खेल पछि समूह डीमा टर्कीले ८ खेलबाट १७ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ ।

त्यसैगरी क्रोएसियाले समान खेलबाट १६ अंक बनाएको छ । वेल्सले ८ खेलबाट १२ अंक बनाउँदा अर्मेनियाको ८ तथा पुछारमा रहेको लाटभियाको ३ अंक रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस