एमालेको केन्द्रीय कमिटी बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ। बैठक केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरू हुनेछ।

‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले यही मंसिर १४ गतेदेखि सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनको एजेन्डा लिएर लोकमार्ग केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ सुरू गर्दैछ।

Tags :
प्रतिक्रिया दिनुहोस