२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुपा तालमा १० हजार माछाका भुरा छाडिए

अ+ अ-

गण्डकी । विश्व मत्स्य दिवसका अवसरमा कास्कीको रुपा तालमा १० हजार माछाका भुरा छाडिएका छन् ।

मत्स्य अनुसन्धान केन्द्र पोखरा, रुपाताल पुनः स्थापना तथा मत्स्यपालन सहकारी संस्था र नेपाल फिसिरिज सोसाइटीको सहआयोजनामा आज रुपा तालमा सो परिमाणमा माछाका भुरा छाडिएका हुन् ।

‘स्वदेशी माछा: पोषण र जीविकोपार्जनको आधार’ नाराका साथ स्वदेशी जातका माछाका भुरा छाड्ने र ताल तथा रैथाने माछा संरक्षण सचेतना कार्यक्रमअन्तर्गत सहर, रहु र नैनी प्रजातिका माछाका भुरा छाडिएका हुन् । कार्यक्रममा मत्स्य अनुसन्धान केन्द्र पोखराका प्रमुख डा. मो इकवाल हुसेनले तालतलैयाको संरक्षणसँगै रैथाने प्रजातिका माछाको संरक्षण गर्नु आवश्यक भएको बताए । जलाशयको प्रदूषण हटाउँदै जलीय सन्तुलनलाई जोगाउन सबै सचेत बन्नुपर्ने उनले बताए ।

रुपा ताल मत्स्यपालनका साथै सिपिमा मोति खेतीका लागि उपयुक्त स्थल भएको उल्लेख गर्दै प्रमुख हुसेनले आगामी एक महिनाभित्रमा सिपिमा मोति खेती प्रविधिबारे तालिम प्रदान गरिने बताए ।

रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले रैथाने माछाको संरक्षणसँगै तालको जलाधार क्षेत्र वरपर ताल संरक्षण हुने गरी बाली विकास गर्नु जरुरी रहेको बताए । उत्पादनसँग व्यक्ति तथा जनसमुदायलाई जोड्नु आवश्यक भएको उल्लेख गर्दै उनले तालको संरक्षण र उपयोगमा सबैको सामूहिक प्रयास हुनुपर्ने बताए ।

कार्यक्रममा सिड फाउन्डेसनका पूर्व अध्यक्ष दामोदर भक्त थापा, वडा सदस्य देवेन्द्रराज अधिकारी, रुपाताल पुनः स्थापना तथा मत्स्य सहकारी संस्था लिमिटेडका अध्यक्ष शिवराज अधिकारी, सल्लाहकारद्वय कुलप्रसाद अधिकारी र रामचन्द्र सापकोटालगायतले तालको संरक्षणसँगै रैथाने प्रजातिका माछाको संरक्षणमा जोड दिनुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस