माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

माछा मार्ने क्रममा करेन्ट लागेर श्रीमान् श्रीमतीको मृत्यु


५ मंसिर २०८०, मंगलबार


काठमाडौँ । पोखरामा माछा मार्ने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका-२९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् ।

सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो ।

करेन्ट लागेपछि उद्धार गरी अस्पताल पुर्‍याए पनि ५:२३ मा चिकित्सकले मृत घोषणा गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस