नेपाली काँग्रेसले भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेपाली काँग्रेसले भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने


४ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाली काँग्रेसले भूकम्पपीडितका लागि टहरा बनाउन श्रमदान गर्ने भएको छ।

सोमबार बिहान धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले टहरा बनाउन इन्जिनियर र डकर्मीसहित स्वयंसेवक टोली जाजरकोट र रुकुम पश्चिम पठाउने निर्णय गरेको हो।

एउटा टोलीमा १० जनाका दरले स्वयंसेवक पठाउने निर्णय भएको छ। चिसोले गर्दा अहिलेसम्म १० जना भूकम्पपीडितको मृत्यु भइसकेको भन्दै काँग्रेसले टहरा निर्माणमा श्रमदान गर्न लागेको हो। साथै टहरा निर्माणका लागि दिने भनिएको राहत रकम छिटो उपलब्ध गराउन पनि सरकारलाई काँग्रेसले आग्रह गरेको छ।

काँग्रेसले जाजरकोट र रुकुम पश्चिममा गरी कूल एक हजार टहरा बनाउने तयारी गरेको छ।

भूकम्प प्रभावितका लागि प्रधानमन्त्री दैवी कोषमा ५० लाख सहयोग गरेको कांग्रेसले जाजरकोट र रुकुम पश्चिममा कूल एक हजार टहरा बनाउने तयारी गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस