एकता संयोजन समिति गठन गर्न माओवादी केन्द्र र समाजवादीको वार्ता समितिस्तरमा सहमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

एकता संयोजन समिति गठन गर्न माओवादी केन्द्र र समाजवादीको वार्ता समितिस्तरमा सहमति


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीच पार्टी एकता गर्ने प्रयास स्वरुप आइतबार छलफल भएको छ ।

नेसपाको तर्फबाट बनाइएको वार्ता टोलीका संयोजक गंगानारायण श्रेष्ठ र माओवादीको तर्फबाट संयोजक कृष्णबहादुर महरा नेतृत्वको टोलीबिच वार्ता भएको हो । बैठकले एकताका लागि दुवै पार्टीको एकता संयोजन समिति गठन गर्ने सहमति जुटाउँदै त्यसका लागि आ-आफ्नो पार्टी केन्द्रलाई सुझाव दिने निर्णय गरेको छ । 

दुवै पार्टीले उठाइरहेका वैचारिक र नीतिगत विषयहरुमा छलफल गरी सहमतिको आधारमा अगाडि बढ्ने र पार्टीको विधान, नाम, सङ्गठनात्मक संरचना, चुनाव चिन्ह लगायतका विषयहरुमा पार्टी एकता संयोजन समितिले सहमति गरे अनुरुप अगाडि बढ्ने गरी दुवै पार्टीलाई सुझाव दिने निर्णय भएको महरा र श्रेष्ठले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस