विश्वकप क्रिकेट : आज भारत र अष्ट्रेलिया भिड्दै « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

विश्वकप क्रिकेट : आज भारत र अष्ट्रेलिया भिड्दै


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । आइसिसी एक दिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अष्ट्रेलिया खेल्दैछन्।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुनेछ।

जारी विश्वकपमा उच्च लयमा रहेको भारत त्यसैलाई निरन्तरता चाहन्छ भने लिग चरणमा भोगेको हारको बदला लिँदै अष्ट्रेलिया घरेलु टोलीलाई फाइनलमा स्तब्ध पार्ने दाउमा छ।

५ पटकको विजेता अष्ट्रेलियाले विश्वकप फाइनल खेल्न लागेको यो आठौं पटक हो। २ पटक उपाधि जितिसकेको भारतका लागि यो चौंथो विश्वकप फाइनल हो।

हेड टू हेड

यी २ टोलीबीच एक दिवसीय अन्तर्राष्ट्रियमा १ सय ५० खेल हुँदा अष्ट्रेलिया नै बलियो देखिन्छ। भारतले ५७ खेल जित्दा अष्ट्रेलियाले ८३ खेल जितेको छ, बाँकी १० खेल नतिजाविहीन बनेका छन्।

एक दिवसीय विश्वकपमा मात्र यी दुई १३ पटक आमनेसामने भइसकेका छन्। जसमा अष्ट्रेलियाले ८ र भारतले ५ खेल जित्दा फाइनलमा यी दुईबीच भेट हुन लागेको यो दोस्रो पटक हो।

यसअघि सन् २००३ मा दक्षिण अफ्रिकामा भएको फाइनलमा अष्ट्रेलियाले भारतलाई डिएल मेथडमा ४८ रनले हराएको थियो। पछिल्लो पटक यसै विश्वकपको लिग चरणमा भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो। यी दुईबीच भएका पछिल्ला ५ खेलमा भारतले ३ खेल जित्दा २ खेल गुमाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस