‘महामन्त्रीद्वयको अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

‘महामन्त्रीद्वयको अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ’


२ मंसिर २०८०, शनिबार


काठमाडौँ । एमाले नेता गोकुल बास्कोटाले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडितलाई सेवा दिन नसकेको बताएका छन् ।

उनले कांग्रेस महामन्त्रीद्वयले प्रभावित क्षेत्रका पीडितका लागि बनाएको दुई घर प्रचारमै सकिएको व्यङ्ग्य गरेका छन् ।

शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले बलियो भनेको गठबन्धन सरकारले दुई जिल्लाका भूकम्प पीडित जनतालाई समेत सेवा दिन नसकेको भन्दै कांग्रेसका महामन्त्रीद्वयले प्रभावित जिल्लाका पीडितका लागि बनाएको अस्थायी घरबारे व्यङ्ग्य गरे ।

उनले लेखेका छन्, ‘यति बलियो गठबन्धन सरकारकारले जम्मा दुई जिल्लाका भुईँचालो पीडित जनतालाई समेत सेवा दिन सकेन । महामन्त्रीद्वय अर्ती अहिले दुई बाँसेघरको प्रचारमा ईतिश्री भएछ ।’

त्यस्तै उनले सरकार भन्दा नेपाली जनता बढी लोकतन्त्रवादी भएको उल्लेख गरेका छन् । ‘माघ लाग्न के आँट्या छ,सरकारलाई लावण्य देशको बुख्याँचाले तर्सायो रे! सरकार भन्दा लोकतन्त्रवादी जनता छन नेपालमा’ बास्कोटाले लेखेका छन । –नेपाल न्यूज बैंक

Tags :
प्रतिक्रिया दिनुहोस