२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भीपीएनबाट टिकटक चलाउनु असुरक्षितसँगै गैरकानुनी

अ+ अ-

काठमाडौँ । सरकारले टिकटक बन्द गरेपनि केही प्रयोगकर्ताले जोखिम मोलेर टिकटक चलाई रहेका छन् । नेपालका इन्टरनेटबाट टिकटक बन्द भएपनि केही प्रयोगकर्ताले भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को मद्दतले टिकटक चलाई रहेका हुन् ।

भीपीएनको प्रयोग गरेर टिकटक चलाउँदा प्रयोगकर्ता जोखिममा पर्ने सम्भावना हुने नेपाल प्रहरीको साइबर ब्यूरोले जनाएको छ । नेपालमा केही प्रयोगकर्ताले भीपीएनको प्रयोगबाट टिकटक चलाइ रहेका ब्यूराेले जनाएकाे छ ।

ब्यूरोका अनुसार सरकारले बन्द गरेको टिकटक भीपीएन प्रयोग गरेर चलाउनु गैरकानुनी हो । साइबार ब्यूरो प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नबिन्द अर्यालले प्रोक्सी सरोवरहरू प्रयोग गर्न थालेको बताए । भीपीएनबाट टिकटक चलाउन सकिए पनि राज्यले नै गैरकानुनी ठहर गरिसकेको एप चलाउनेहरू स्वतः कानुनको दायरामा आउनेछन् ।

सरकारले टिकटक रोक्नका लागि निर्देशन दिएसँगै इन्टरनेट सेवा प्रदायकहरूले पनि आफ्नो नेटवर्कमा टिकटक बन्द गरेका छन् । तर, केही टिकटक प्रयोगकर्ताले जोखिम मोलेरै भीपीएनको प्रयोग गरेर टिकटक चलाइरहेका हुन् । ‘सेवा प्रदायकहरूले पनि निरुत्साहित गर्नु पर्छ,’ उनले भने, ‘नेपाल दूरसञ्चार प्राधिकरणको पनि यसतर्फ ध्यानाकर्षण हुनु पर्‍यो । गेटवेहरूलाई ह्याण्डल गर्ने निकाय भनेकै प्राधिकरण हो ।’

टिकटकमा अनलाइन ग्याम्लिङ हुने, महिलाहरू निर्वस्त्र हुने, मानिसहरू ठगिने, टिकटकले रियल टाममा इन्फर्मेसन नदिने र अनुसन्धानमा पनि नसघाउने गरेका कारण सरकारले टिकटक बन्द गरेको हो । ब्यूरोका अनुसार टिकटकले ४८ घण्टादेखि तीन हप्तासम्म इन्फर्मेशन दिन समय लगाउने त कहिले इन्फर्मेशन नै नदिने गरेको थियो ।

यसकारण भीपीएन असुरक्षित

भीपीएनले हाम्रो कम्युनिकेशन ट्राफिक पुरैलाई होल्ड गर्छ । अनि आफ्नो टनेल थ्रु पठाउँछ । त्यो गर्दै गर्दा जुन भीपीएन हामीले डाउनलोड गर्छौँ । उसले आफ्नो एप्लिकेशन सँगसँगै के के पठाउँछ भन्ने कुरा हामीलाई ज्ञान हुँदैन । हाम्रो डिभाइसमा आएर बसिसकेपछि हाम्रो घरको चापी दिएर पठाए जस्तै हो । यसकारण हाम्रो डिभाइस (मोबाइल)मा भएका हरेक एप र डकुमेन्टमा पहुँच बनाउँछ ।

यस्ता भीपीएनका कोडहरू प्रयोगकर्ताको डिभाइसमा प्रवेश भई उक्त डिभाइससँग जोडिएका अन्य जानकारी पनि बाहिरिन सक्छन् । विशेष गरी भरपर्दो नमानिने भीपीएन प्रयोग गरिएका उपकरणमा रहेका अन्य सामाजिक सञ्जालका खाताहरू र ब्याङ्किङ सूचनाहरू चोरीको जोखिम हुन्छ । ई–बैंकिङ्ग, मोबाइल बैंकिङ्ग र इमेलमा ह्याकरले पहुँच पुर्‍याउन सक्छन् । र त्यहाँबाट डाटा चोरी हुन सक्छ ।

प्रतिक्रिया दिनुहोस