विश्वकप छनोट : नेपाल यूएईसँग ४-० गोलले पराजित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

विश्वकप छनोट : नेपाल यूएईसँग ४-० गोलले पराजित


१ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । विश्वकप सन् २०२६ को छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपाल यूएईसँग पराजित भएको छ ।

गए राति अल मकतुम स्टेडियममा भएको खेलमा नेपाल घरेलु टोलीसँग ४-० गोलले पराजित भएको छ । यूएईले पहिलो हाफमा नै ४ गोल गर्‍यो । यूएईका लागि कप्तान अलि मखबूटले २ तथा खलीफा अल–हम्मादि र फावियो लिमाले १/१ गोल गरे ।

यसअघि सन् १९८४ मा भएको एसिया कप छनोटमा नेपाल यूएईसँग ११-० गोलको फराकिलो अन्तरले पराजित भएको थियो । नेपालले अब छनोटको दोस्रो खेलमा यमनसँग मङ्सिर ५ गते मङ्गलवार दशरथ रङ्गशालामा खेल्नेछ ।

नेपाल रहेको समूह ‘एच’ मा यमन, यूएई र बहराइन छन् । दोस्रो चरणका खेलहरू ‘होम’ एन्ड ‘अवे’ का आधारमा हुनेछन् । दोस्रो चरणको छनोटको अन्तिम खेल जुन ६ तारिखमा हुनेछ । ४ टोलीमध्ये शीर्ष २ टोली एसिया कपमा छनोट हुँदै विश्वकपको तेस्रो चरणका लागि छानिनेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस