मालीमा शान्ति मिसन बन्द भएपछि फर्किन थाले नेपाली शान्ति सैनिक « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मालीमा शान्ति मिसन बन्द भएपछि फर्किन थाले नेपाली शान्ति सैनिक


३० कार्तिक २०८०, बिहिबार


काठमाडौँ । मालीमा शान्ति मिसन बन्द गर्ने संयुक्त राष्ट्रसङ्घको निर्णयपछि त्यहाँ तैनाथ नेपाली शान्ति सैनिक स्वदेश फर्किन थालेका छन्।

मालीमा संयुक्त राष्ट्र बहुआयामिक एकीकृत स्थिरीकरण मिसन (मिनुस्मा) मा तैनाथ ईओडी गुल्म नवौँ डफ्फाका ८१ जना नेपाली शान्ति सैनिकहरू बिहीबार स्वदेश फिर्ता भएका छन्।

प्रमुख सेनानी चित्रकुमार कार्कीको नेतृत्वमा हातहतियार तथा बन्दोबस्तीका सामग्रीहरूसहित संयुक्त राष्ट्रसङ्घको चार्टर्ड विमानद्वारा उनीहरू स्वदेश फर्किएका हुन्। नेपाली सेनाको कन्टिन्जेन्टमा रहेका १५६ जना एवं स्टाफ तथा पर्यवेक्षक नियुक्तिमा कार्यरतसमेत १६८ जना सकल दर्जा स्वदेश फिर्ता हुने क्रममा पहिलो टोली नेपाल आइपुगेको हो।

नेपाल संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि विश्वभर तैनाथ मिसनहरूमा फौज उपलब्ध गराउने सदस्य राष्ट्रहरूको दोस्रो वरीयतामा रहेको छ। हाल नेपालबाट ५८२ महिलाहरू शान्ति सैनिकका रूपमा खटिएका छन्, जुन महिलातर्फ शान्ति सेनामा सबैभन्दा ठूलो सहभागिता हो।

Tags :
प्रतिक्रिया दिनुहोस